२०८१ बैशाख १३ गते बिहिवार

बाँकेमा पालिकातिर फैलिँदै दादुरा संक्रमण

नेपालगञ्ज,माघ ४ । बाँकेमा दादुरा संक्रमण फैलिँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै देखिएको दादुरा अहिले अन्य गाउँपालिकामा पनि देखिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाका साथै कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा पनि दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।

नेपालगञ्जमा एक सय ९१ जनामा दादुरा देखा परिसकेको छ। खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुरा देखिएको छ।

दादुरा देखिएको ठाउँमा दादुराविरुद्धको खोप अभियान थालिएको छ।

नेपालगञ्जका १६ वटा वडामा खोप अभियान सञ्चालन गरिएको छ। खजुरा गाउँपालिकाका ८ वटै वडामा खोप अभियान थालिएको छ।

जिल्लामा अहिलेसम्म २ सय ९ जनामा दादुरा देखिएकोमा १ सय ५० जना निको भएका छन् भने ५८ जना उपचारमा छन्।

एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *