२०८१ फाल्गुन ७ गते बुधवार

सम्राट इङ्लिस स्कुलमा बिदाई कार्यक्रम


तुलसीपुर, २ चैत ।
सम्राट ईङ्लिश बोर्डिङ स्कुल तुलसीपुर–३ दमारगाउँमा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । चैत्र १० गतेदेखि हुने एसईई परीक्षामा विद्यालयबाट पहिलो पटक सहभागी हुन लागेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।

कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्ने वक्ताहरुले निर्धक्कका साथ परीक्षामा सहभागी हुन आग्रह गरेका थिए । कक्षा ९ का छात्र बिमल सुवेदीको अध्यक्षता तथा विद्यालयका सञ्चालक समिति अध्यक्ष टोपबहादुर केसीको प्रमुख आतित्थ्यता एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रक्षा खड्का काफ्लेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि केसीले एसईई परीक्षालाई अन्य परीक्षाजस्तो सामान्यरुपमा लिदै विश्वास र निर्धक्कका साथ परीक्षा दिन आग्रह गरे । एसईई परीक्षापछि धेरै ढोकाहरु खुल्ने भन्दै राम्रो नतिजाका साथ उत्तीर्ण हुन सबैलाई शुभ कामना दिए । विद्यालयले पहिलो पटक एसईई परीक्षामा विद्यार्थीहरु सहभागी गराउन लागेको भन्दै विद्यालयको समेत शिर उचो पार्ने गरी परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

उक्त अवसरमा विशिष्ट अतिथि खड्काले घर नजिकै मावि विद्यालय स्थापना गरेर आफ्ना बालबालिकाहरुलाई एसईई परीक्षामा सहभागी गराउन लागेको भन्दै विद्यालयलाई धन्यबाद दिइन् । साथै उनले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनासमेत गरिन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल बिमल गौतमले परीक्षालाई सामान्यरुपमा लिएर सहभागी हुन आग्रह गरे ।

विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको भन्दै निर्धक्कका साथ हतास नभई परीक्षामा सहभागी भए सबैजना राम्रो अंकका साथ उत्तीर्ण हुने विश्वास ब्यक्त गरे । उक्त अवसरमा कक्षा १० का विद्यार्थीहरुले विद्यालयलाई मायाको चिनोसमेत प्रदान गरेका थिए । कक्षा ९ का छात्रा अनु गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका भाईस प्रिन्सिपल खिमप्रसाद भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *