२०८१ भाद्र २६ गते बुधवार

विपन्न बालबालिकालाई शैक्षिक सामग्री


दाङ, २ चैत्र ।
घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले ५० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । वडाले शनिवार सौडियारमा कार्यक्रमको आयोजना गरी ५० जना विपन्न बालबालिकालाई सामग्री वितरण गरेको हो ।

वडाको चालु आव०७५÷७६ का लागि विनियोजित कार्यक्रमअन्तर्गत एकथान झोला, एक जोडा पोशाक, एक प्याकेट टडपेन र एक दर्जन कापी वितरण गरिएको हो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतातथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलालचौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामग्री वितरण गरिएको हो ।

प्रत्येक टोलका विपन्न विद्यार्थीलाई नियमित विद्यालय जाने वातावरण बनाउनका लागि शैक्षिक सामग्री वितरण गरिएको हो । वडा सदस्य सुशीला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले शिक्षाविना मानिसको जीवन अधूरो र अपूरो हुने बताए ।

उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहले विभिन्न कार्य गरिरहेको भन्दै सबैका लागि निःशुल्क र सर्वसुलभ शिक्षा आर्जन गर्ने वातावरण बनाउन भूमिका हुने धारणा व्यक्त गरे ।

उक्त अवसरमा वडामा रहेको १४ वटा बाल क्लव र सञ्जाललाई पनि एक थान बाकससहित स्टेशनरी सामग्री दिइएको थियो । कार्यक्रमको सहजीकरण वडा कार्यालयमा सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *