यमकला भुसाल,
तुलसीपुर, १ चैत ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लव दाङ शाखाले आयोजना गरेको तीनदिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन कार्यक्रमकालाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले यस्तो बताएका हुन् ।
उनले दक्ष तथा सक्रिय रेडियो उद्घोषण एवं पत्रकार बनेर समाचार लेखनका साथै कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार साथीको रुपमा स्थापित हुनुपर्ने पनि बताए । सञ्चारमाध्यम विकास निर्माणको सम्भावना बोकेको क्षेत्र पनि हो, त्यसैले पत्रकारिता जगतलाई मुलुकले राष्ट्रको चौथो अंगका रुपमा स्थापित गरेको हो, उनले भने ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रशासकीय अधिकृत निमबहादुर केसीले उपलब्धिमूलक तालिमका निम्ति आगामी दिनहरुमा पनि गाउँपालिकाबाट बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे । पत्रकारिता क्षेत्र कठिन र चुनौतीपूर्ण पेसा भएको बताउँदै उनले तालिममा सिकेका ज्ञानलाई सजग भएर अहम् भूमिका खेल्न सहभागीलाई आग्रहसमेत गरे ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाह, प्रेस सल्लाहकार निराश पाण्डे, तालिममा सहभागी सुसन बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । तीन दिने तालिमको प्रशिक्षकमा पत्रकार दुर्गालाल केसी, बसन्त आचार्य, शरद अधिकारी रहेका छन् । कार्यक्रमको सहजीकरण सन्तोष केसीले गरेका थिए । उक्त तालिम शान्ति नगरगाउँपालिकाको सहयोगमा भएको थियो ।