दाङ, चैत १ ।
दुर्घटनाका एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । कारको ठक्करबाट प्यूठान जिल्लाको सरुमैरानी गाउँपालिका वडा नम्बर ३ निवासी २० बर्षीया धना सुनारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पैदल यात्रारत सुनारलाई फागुन २१ गते राप्ती गाउँपालिका वडा नम्बर ४ मा बा ५ च १७४१ नम्बरको कारले ठक्कर दिएको थियो । गम्भीर घाइते सुनारलाई बुटवलको उपचारपछि थप उपचारको लागि काठमाडौँस्थित ओम अस्पतालमा लगिएको थियो । सुनारको गएराति उपचारका क्रममा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार