२०८१ माघ ३० गते बुधवार

गुणस्तर मापदण्डमा बजार अनुगमन प्रभावकारीः प्रमुख पाण्डे


तुलसीपुर, चैत्र १ ।
नेपालमा गुणस्तरको वर्तमान मापदण्डका बारेमा छलफल हुनुपर्ने नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन् । उनले वैज्ञानिक रुपमा अशुद्ध वस्तुहरुलाई पनि नेपाल सरकारले शुद्ध भन्ने गुणस्तरको मापदण्ड तोक्ने गरेकाले उपभोक्ताहरु निकै मारमा परेको बताए ।

‘वास्तविक गुणस्तर हो की होइन भन्ने बारेमा बहस हुनु जरुरी छ’ उनले भने । विश्व उपभोक्ता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले वस्तु मात्रै नभएर सेवाका बारेमा पनि अनुगमन हुनुपर्ने कुराका बारेमा जानकारी गराएको थिए ।

बजार अनुगमनलाई उपमहानगरपालिकाले पछिल्लो समय प्रभावकारी ढंगले गरिरहेको बताउँदै जनता सचेत भएमा कसैले पनि ठग्न नसक्ने बताए । ‘उपभोक्ताले नै यसका बारेमा चासो र चिन्ता दिनुपर्दछ’ नगरप्रमुख पाण्डेले भने ।

कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले उपभोक्ता अधिकारका बारेमा सबैलाई चासो हुनुपर्ने कुरामा जोड दिए । उनले पाठ्यक्रममा समेत उपभोक्ताका बारेमा सम्बन्धित विषयवस्तु राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष केशव कुमार शर्माले उपभोक्ता हित संरक्षण र हाम्रो कार्यभार विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । उनले उपभोक्ताको हित संरक्षणमा चुनौति भए पनि त्यसको कार्यान्वयन गर्नका लागि उपभोक्ता सचेत हुनुपर्नेै कुरामा जोड दिए ।

उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख गिरिराज मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *