२०७७ मङ्सिर १० गते बुधवार

देउखुरीका अधिकाँस क्रसर उद्योग मापदण्ड विपरित संचालित

शिवु खनाल – श्रीराम दहित,
दाङ,फागुन ३० । ५ नं. प्रदेशको सार्वजनिक लेखा समितिको टोलीले जिल्लामा संचालित अधिकाँस क्रसर उद्योगहरु मापदण्ड विपरित संचालित रहेको जानकारी दिएको छ । दाङमा खोला र नदीको किनारमा स्थापना गरिएका क्रसर उद्योगको अनुगमनमा आएको टोलीले त्यस्तो जानकारी दिएको हो । देउखुरी क्षेत्रमा अधिकाँस क्रसर उद्योग मापदण्ड विपरित संचालन गरिएको अवस्थामा फेला परेको अनुगमनमा आएका समितिका सदस्यहरुले बताएका हुन ।

टोलीले बुधवार दाङको देउखुरी क्षेत्रका आधा दर्जन वढी क्रसर उद्योगहरुको निरिक्षण गरेको थियो । राप्ती र गढवा गाउँपालिका क्षेत्रका क्रसर उद्योगहरुको अनुगमन गरेको टोलीले शुक्रवारदेखि जिल्लाका अन्य क्रसर उद्योगहरुको अनुगमन गर्ने जानकारी दिएको छ ।

टोलीले विहीवार बन्दका कारण जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकार वालाहरुसंग छलफल गरेको छ । क्रसर उद्योगको अनुगमन गर्न दाङ आएकी मध्य एक जना समितिकी सदस्य कल्पाना पाण्डेले देउखुरी क्षेत्रका क्रसर उद्योगहरु कसैले पनि आवश्यक मापदण्ड पुरा नगरेको बताइन । आफुले राजमार्गदेखि पाँचसय मिटर भित्रै क्रसर उद्योग संचालन गरेको, पूलको नजिकै संचालन गरेको पाइएको जानकारी दिइन । उनले कतिपय घरेलुमा दर्ता भएको पाइएतापनि अरु कतिपय भने राजनीतिक पहुँच र संरक्षणको आधारमा संचालन गरिएको बताइन । टोलीले आइतवार सम्म यही बसेर क्रसर उद्योगको अनुगमन गर्ने छ ।

सार्वजनिक लेखासमितिले ५ नं. प्रदेश अन्तरगतका तराईका ६ वटा जिल्लाहरु नवलपरासीदेखि बर्दियासम्म अनुगमन गर्ने गरि अख्तियारी पाएको पाण्डेले जानकारी दिइन । सबै जिल्लाहरुमा समितिका सदस्यहरु खटिएको हुँदा अबको १५÷२० दिन भित्रमा प्रतिवेदन तयारी पारेपछि समितिमा बुझाउने र त्यसका आधारमा कारवाही सुरु हुने पाण्डेको भनाइ छ । मापदण्ड पुरा नगरी संचालित क्रसर उद्योगका कारण व्यापक रुपमा वालुवा गिट्टीको तस्करी हुने गरेको तथा सरकारलाई ठूलो राजश्व चुहावट हुने गरेको भन्ने गुणासोको आधारमा लेखासमिति अनुगमनमा आएको पाण्डे बताइन ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *