२०८१ बैशाख ६ गते बिहिवार

विप्लवको वन्दले दाङको जनजीवन प्रभावित

दाङ,फागुन ३० । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल वन्दका कारण विहीवार विहानैदेखि दाङ लगाएत यसका आसपाको जनजीवन प्रभावित भएको छ । वन्दका कारण यातायातका साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग र बजार संचालनमा आउन सकेका छैनन् ।

यद्यपी बजारमा फाट्टफुट्ट रुपमा साना सवारी साधन भने संचालनमा आएको देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटेरको संज्ञा दिदै प्रतिवन्ध लगाउने निर्णय गरे लगतै पार्टी महासचिव विप्लवले विज्ञप्ती मार्फत त्यसको कडा शब्दमा प्रतिवाद गर्दै एक दिने नेपाल वन्दको आह्वान गरेका थिए ।

कुनैदिनका सहयोद्धा रामबहादुर थापा (बादल) गृहमन्त्री र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाका अध्यक्ष हुँदा विप्लव माथि प्रतिवन्ध लगाएपछि त्यो व्यापक चर्चाको विषय बन्न पुगेको छ । सरकारले भने विप्लव समुहले चन्दा आतंक मच्चाएको, ठाउँ ठाउँमा बम विस्फोड गराउँदा मानिसहरुको मृत्यु भएको हुँदा प्रतिवन्ध लगाउनु परेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *