२०८३ बैशाख १६ गते बुधवार

सुरक्षा पदाधिकारीले कुटनीतिक भेटघाट गर्दा स्वीकृति लिन गृह मन्त्रालयको निर्देशन

काठमाण्डौ ,पुस १४ । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ ।

मन्त्रालयले आज बिहीवार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु र गराउन हुन तथा त्यसको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा यो निर्देशन जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस निर्देशन विपरीत कार्य गरेरगराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *