२०८१ फाल्गुन ७ गते बुधवार

दंगीशरणमा कक्षा ८ को परीक्षा तयारी पूरा

दिप्तीशिखा चौधरी
दंगीशरण, २९ फागुन ।
दंगीशरण गाउँपालिकाअन्तर्गत कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षाको तयारी पूरा भएको छ । यस क्षेत्रका आठवटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा शाखा दंगीशरणले जनाएको छ ।

परीक्षा हुने केन्द्र श्री सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँ, विरेन्द्र माध्यमिक विद्यालय हेकुली, माध्यमिक विद्यालय हेकुली, भानु माध्यमिक विद्यालय प्रसडुवा, हिमालय इङ्लिस बोर्डिङ स्कुल हेकुली, मोडन गोल्डेन स्टार एकाडेमी बागर, बबई पब्लिक बोर्डिङ स्कुल गोल्टाकुरी, सदावहार ज्ञानकुञ्ज रावतगाउँ गरी आठवटा सामुदायिक र सस्ंथागत विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा शाखाका प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिए ।

विद्यार्थीहरुलाई पायक पर्र्ने गरी केन्द्र तोकिएको प्रमुख भण्डारीले जनाए । गाउँपालिकामा सातवटा सामुदायिक र सातवटा सस्ंथागत गरी जम्मा १४ वटा विद्यालय रहेका छन् । परीक्षामा १४ वटा विद्यालयका ३ सय ९४ जना विद्यार्थीहरु सहभागी हुनेछन् । गाउँपालिका स्तरीय ८ कक्षाको परीक्षाका लागि उत्तरपुस्तिका, प्रश्नपत्र छपाईको सम्पूर्ण काम पूरा भएको परीक्षा समितिका सदस्य सचिव अनिल केसीले जानकारी दिए ।

गाउँपालिका स्थायी माध्यमिक विद्यालय तृतीय श्रेणी र निम्न माध्यमिक विद्यालय द्वितीय श्रेणीका शिक्षकहरुलाई केन्द्राध्यक्षमा नियुक्ती गरिएको छ । आठजना शिक्षकलाई केन्द्राध्यक्षमा नियुक्ती गरिएको सदस्य सचिव केसीले जनाएका छन् । परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सफल पार्न अनुगमनलाई तिव्रता दिईने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीे बताए । परीक्षालाई मर्यादित र अनुशासित बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनले बताए । चैत्र १ गतेदेखि शुरु भएको परीक्षा चैत्र ११ गते सकिनेछ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *