तुलसीपुर,पुस ९ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यान निर्माण समितिको नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ नेतृत्व चयन गर्न शनिबार पार्कमा चुनाब भएको थियो । उक्त चुनाबबाट पार्कको अध्यक्षमा पुनः डिल्लीराज भण्डारी निर्वाचित भएका छन ।
नेकपा एमालेका तर्फवाट अध्यक्ष पदका उमेद्वार रहेका डिल्लीराज भण्डारी दोस्रो कार्यकालका लागी अध्यक्षमा निर्वाचित भएका हुन ।
मतगणनाको मतपरिणाम अनुसार अध्यक्ष पदमा निर्वाचित भण्डारीले २ सय ९७ मत लिएर विजयी भएको निर्वाचन समिती संयोजक लोकमणी पोखरेलले बताए ।
उनका निकटतम प्रर्तिसपर्धि नेपाली काङग्रेसका इन्दिरा शर्माले १ सय ३४ मत प्राप्त गरेका छन।
यस्तै कोषाध्यक्ष पदमा नेकपा एमालेका डुन्डमान पराजुलीले २ सय ५३ मत लिएर विजयी भएका छन भने उनका निकटतम प्रर्तिसपर्धि नेपाली काङग्रेसका चिरञ्जीवी रिजालले १ सय ६६ मत प्राप्त गरेका छन ।
अन्य पदमा निर्विरोध सर्वसम्मत नेतृत्व चयन भईसकेको छ । सचिवमा राष्ट्रिय जनमोर्चाका कृष्ण पोख्रेल दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भईसकेका छन। त्यसैगरी विभिन्न राजनीतिक दलबाट ६ जना सदस्य सर्वसम्वत चयन भएका छन् ।
नेकपा एमालेबाट बालाराम रेग्मी, नेपाली काङ्ग्रेसबाट छविलाल पन्थी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट शिवराज कालाथोकी, एकीकृत समाजवादी बाट माधव गिरी, विप्लव निकट नेकपा बाट भक्तिराम भण्डारी र नेपाल समाजवादी पार्टीबाट टुकलाल भण्डारी समितिको सदस्यमा चयन भएका हुन् ।
समितिका पदाधिकारीहरुको कार्यालय ३ वर्षको हुने छ ।
