२०८१ फाल्गुन ६ गते मङ्गलवार

करणीको अभियोगमा एकजना पक्राउ

दाङ, फागुन २८ । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १ निवासी १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ बर्षीय सञ्तोष घर्ती मगरलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत फागुन १७ गतेका दिन घर्ती मगरले ती बालिकालाई जवरजस्ती करणी गरेका थिए । पीडित बालिकाको दाजुले प्रहरीमा दिएको जाहेरीका आधारमा फागुन २४ गते घर्ती मगरलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *