यमकला भुसाल,
तुलसीपुर, फागुन २७ । दाङको गढवा गाउँपालिका वडा नं १ कालाकाटे स्थित नयाँगाउँबासी बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन । भारतीय सिमाना जोडीएको नाका क्षेत्रका स्थानीय बासीहरुले २०६० साल देखि यस्तो समस्या भोग्दै आएका हुन। उक्त बस्तीमा कसैको घरमा पनि कुवा,धारा छैनन् । घर खोला छेउमा छन तर खानेपानीको अभाव छ ।
खोलाको नजिकै डिपबोरीङ गाडिएको छ ,त्यही पानी ट्याङ्कीमा जम्मा हुन्छ, बिहान साझ गरेर २ पटक मात्र पानी आउछ हामी त्यहि पानी पु¥याएर खान्छौ ,स्थानीय बालाराम पुनले भने । पानी ज्यादै महत्वपुर्ण चिज रहेछ नखाई पनि भएन । पिउने पानीको अन्य कुनै पनि स्रोत छैन । जनतन ट्याङ्कीमा जम्मा भएको पानी खाने भएको छ । गाइबस्तुलाई खुवाउने र नुहाउनका लागी खोलामा जान्छौ । उनले भने ।
कोइलाबास क्षेत्रमा पानीको समस्या विगत देखिनै रहेको र अब गर्मी मौसम सुरु भए पछि झनै समस्या हुन लागेको छ,स्थानीय बिना वलिले भने । यस बस्तीमा ०६० सालमा खोला पस्यो,त्यत्तीबेला देखि खानेपानीको झनै समस्या हुदै आयो,– वलिले भने ।
अहिले यो बस्तीमा ३५ घरधुरी छौँ । ट्याङकीमा पानी आउदाँ घन्टौ कुरेर यहि पानी खान्छौ नआउदा खोलाकै पानी खान बाध्य हुन्छौँ, स्थानीय मनोज बिकले भने । अरुको घरमा पानी लिन जादाँ रिसाउछन,स्थानीय निकायका व्यक्ती फर्केर आउदैनन् । ऐलानी जग्गामा बसेका हामी त्यसैमा बाढीपिडीत पानीको समस्याले सधै पिरोल्छ,उनले गुनासो गरे ।
यता गढवा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष बाबुराम अधिकारीले नाका क्षेत्रमा पानीको मुहान सरक्षण गरि पानीको सुविधा पु¥याउन स्थानीय सरकारले प्रयास गरिरहेको बताए । हामीले गाउँपालिकाका ८ वटै वडामा डिपबोरीङ गाडिदिएका छौ त्यहि पाइप बिस्तार गरेर उपभोक्ता माझ पु¥याएका छौँ उनले भने । नयाँ गाउँबासीका लागी गत वर्ष पनि कुवा खन्ने र मोटर किन्ने बजेट वडाबाट परेका थियौ,यस वर्ष पनि ८ वटै वडालाई मध्यनजर गर्दे खानेपानीको ट्याङ्की निमार्ण गर्न लागेका छौँ ।
उनले यस वर्ष १० करोडको लागतमा चरेङगे तिन खण्डे जुनौरी,कालाकाटे,कलैने,धोद्रे बृह्त खानेपानी आयोजना निमार्ण गर्न लागेको जानकारी दिए । अब वडाका कुनै पनि व्यक्तीले खापानीको समस्या खेप्नुपर्देन,अबको एक वर्षमा १ घर १ धारा बनाउने योजना अघि सारेका छौँ वडा अध्यक्ष अधिकारीले भने ।