२०८१ बैशाख ८ गते शनिवार

वडा अध्यक्षले मनोमानी ढंगले गरेको काम स्वीकार्य हुँदैन – संयोजक वली


दाङ,फागुन २७ । जिल्ला खाने पानी संजाल दाङले वडा अध्यक्षले मनोमानी ढंगले खाने पानीको कार्य समिति गठन गरेको भन्दै आपत्ति जनाएको छ ।

संजालका जिल्ला संयोजक खेमराज वलीले एक विज्ञप्ती मार्फत घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्षले विधि र विधान मिच्दै आफु निकटका व्यक्तिहरुलाई मनोमानी ढंगले कार्य समितिमा चयन गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

वडा अध्यक्षले आफ्नो शक्तिको दुरुपयोग गरि जलस्रोत ऐन विपरित गठन गरेको खाने पानीको कार्य समिति अवैधानिक रहेको संजालका जिल्ला संयोजक वलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी गठित समितिले उपभोक्ताको हितमा काम गर्न नसक्ने वलीले जिकिर समेत गरेका छन् । उनले गठित समिति खारेज गरि निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्नु पर्ने मागपनि गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *