घोराही, मंसिर २४ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ ।
पुस ३ गते ३०औं स्थापना दिवसका अवसरमा साहित्यकारलाई पुरस्कृत गर्नुका साथै एकजना राजनीतिज्ञलाई सम्मान गर्ने निर्णय गरेको प्रलेशका अध्यक्ष भुवन देवकोटाले जानकारी दिए ।
प्रलेसले गठन गरेको प्रतिभा छनौट समितिको शुक्रबार बसेको बैठकले यस बर्षको प्रगतिशील साहित्य पुरस्कार प्रलेस दाङका संस्थापक सदस्य सुन्दर गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै पद्मप्रसाद शर्मा र शान्तादेबी अधिकारीले स्थापना गरेको अनन्त टिका प्रतिभा पुरस्कार डा. विन्दु शर्मालाई, रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गरेको चिन्तामणि जमुना साहित्य पुरस्कार टिकाराम रेग्मीलाई प्रदान गर्ने निर्णय भएको छ ।
छनौट समितिका संयोजक पुरुषोत्तम खनालले ऋषिराज जंगलीले स्थापना गरेको लिला, फना बसन्ता श्रष्टा सम्मान साहित्यकार पद्मप्रसाद शर्मालाई प्रदान गर्ने निर्णय भएको बताए ।
भक्तिराम ज्ञवालीले स्थापना गरेको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दुर्गादवी अधिकारीलाई र श्याम चिसले स्थापना गरेको गोविन्द चिस सर्जक पुरस्कार श्रीधर भावुकलाई प्रदान गरिने भएको छ ।
प्रलेसले हरेक बर्ष एकजना बामपन्थी चिन्तक एवं बरिष्ठ साहित्यकारलाई सम्मान गर्दै आएको छ । यो बर्ष रश्मीराज नेपालीलाई उक्त सम्मान गरिने भएको छ ।
प्रतिभा छनौट समितिकोे संयोजकमा खनाल, सदस्यमा प्रलेसका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी र जिल्ला उपाध्यक्ष रेशम विसी रहेका थिए ।
