२०८१ असोज २४ गते बिहिवार

उच्च अदालतको फैसलाले निरमायामा खुसीको बाहार छायो

दाङ, फाल्गुन २६ । उच्च अदालत तुलसीपुर दाङले दाङ देउखुरी जिल्ला अदालत घोराहीले एक वर्ष पहिले गरेको फैसला उल्टाइ दिएको छ । एउटा बहुविवाह सम्वन्धि मुद्दामा जिल्ला अदालतले नचिनेको व्यक्तिलाई पति बनाइदिए पछि त्यसको विरुद्धमा पीडित महिलाले उच्च अदातल तुलसीपुरमा पुनारावेदन गरेकी थिइन ।

यसअघि दाङ देउखुरी जिल्ला अदालतले २०७४ साल जेठ २९ गते बाग्लुङ जिल्लाको जैमनी नगरपालिका वडा नं. १० निवासी प्रेमबहादुुर पुनको श्रीमति ३७ बर्षीया माया भनिने निरमाया पुनलाई दाङको साविक हाँसिपुर गाविस वडा नं. २ घर भइ हाल कास्की जिल्लाको लेखनाथ नगरपालिका वडा नं. १ निवासी दिपक भनिने फनाधर घर्ती मगरको कान्छी श्रीमति रहेको भन्ने फैसला गरेको थियो । फनाधर घर्ती मगरकी श्रीमति चेमा घर्ती मगरको जाहेरीमा तत्कालिन जिल्ला न्यायधिस चुरामण खड्काको इजलाशले त्यस्तो फैसला गरेको थियो ।

त्यसपछि निरमाया पुनले आफुले चिन्दै नचिनेको व्यक्तिलाई अदालतले आफ्नो पति बनाइदिएको भन्दै उक्त निर्णयको विरुद्ध उच्च अदालत तुलसीपुरमा निरमाया पुनले २०७४ साल साउन ३१ गते पुनारावेदन गरेकी थिइन । त्यसमाथि सुनुवाई गर्दै फागुन २१ गते उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदी र न्यायाधिस इश्वरराज आचार्यको संयुक्त इजलासले बहुविवाह नठर्ने गरि फैसला गरेको छ । उच्च अदालत तुलसीपुरका शाखा अधिकृत मानबहादुर विष्टले फागुन २१ गतेको फैसला अनुसार बादी नेपाल सरकारको फैसला वाट दुबै जना फनाधर घर्ती मगर र निरमाया पुनले पूर्ण रुपमा सफाई पाएका छन् ।

यो बहुविवाह मुद्दा २०७२ साल मंसिर २८ गते दाङ देउखुरी जिल्ला अदालतमा फनाधर घर्ती मगरकी जेठी श्रीमति चेमा घर्ती मगरको जाहेरीका आधारमा मुद्दा सुरु भएको थियो । तर ती सबै पात्र र कुरा काल्पनि मात्रै भएको उच्च अदालतको फैसलाले पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *