पूर्ण के.सी.,
फागुन २६, दाङ । दाङ तुलसीपुरमा रहेको सामुदायिक रेडियो तुलसीपुरको पहलमा भारतको नयाँ दिल्लीमा आयोजनाना भएको नृत्य प्रतियोगितामा नेपालको तर्फबाट ८ जनाले भाग लिएका थिए । शनिबार राति सम्पन्न प्रतियोगितामा नेपालले उत्कृष्ट नृत्य प्रस्तुत गरेको थियो ।
भारतको नयाँ दिल्लीमा दोस्रो एबियु अन्तराष्ट्रिय फेसटीभलमा नेपालको तर्फ बाट रेडियो तुलसीपुरले भाग लिएको रेडियो तुलसीपुरका स्टेसन म्यानेजर अर्जुन गिरीले जानकारी दिएका छन ।
प्रतियोगितामा नेपाल संगै बिश्वका ११ देशका ११ समुह सहभागी भएका थिए । प्रतियोगीतामा भाग लिन नृत्य निर्देशक विकास घलेको टोलि रहेको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, अकोराबका उपाध्यक्ष भुवन सिंह , रेडियो तुलसीपुरका नवीन बुढाथोकी पनि कार्यक्रममा सहभागी भएका थिए ।
प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार