शिवु खनाल,
जखेरा, फागुन २५ । दाङको पर्यटकिय क्षेत्र जखेरा ताल आन्तरिक पर्यटकको केन्द्रविन्दु बनेको छ । पुर्वपश्चिम राजमार्गबाट नजिकै पर्ने जखेरा ताललाई स्थानीयकै प्रयासमा पानी संकलन गर्ने तलाउलाई तालमा परिणत गरिएको हो । हिउँदमा सिंचाइको लागि पानी संकलन गर्ने तालमा अहिले ढुङ्गामा आन्तरिक तथा बाह््य पर्यटकले मजा लिइरहेका छन् ।
दशैतिहार देखि नयाँ बर्ष सम्म पर्यटकको भिडभाड हुने जखेरा ताल साडे सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिस्ठानको रुपमा अंघि बढाइएको छ । प्रतिस्ठानका महासचिव लोकमणि बन्जाडेका अनुसार बार्षिक रुपमा एक लाख पर्यटकले जखेरा तालको अवलोकन गर्ने गर्दछन ।
लमही नगरपालिका ३ स्थित जखेरा सामुदायिक वन उपभोत्ता समुहको हाताभित्र पर्ने उक्त जखेरा तालको विकासको लागि गुरुयोजना वनाएर पर्यटन संग सम्बन्धि काम गर्न थालिएको महासचिव बन्जाडेले बताए ।
जखेराको मुख्य आम्दानीको श्रोत भनेकै ढुङ्गा चढे बापतको रकम र पिकनिक शुल्क रहेको छ । आम्दानी श्रोत पनि खासै छैन,सरकारी स्तरबाट पनि धेरै सहयोग हुन सकेको छैन,प्रतिस्ठानका सह कोषाध्यक्ष मदु थापा क्षेत्री भने । मन्दिरको विच भागमा दुइवटा मन्दिर रहेका छन् ।
मन्दिर सम्म ढुङ्गा चढेको २० रुपियाँ र तालको परिक्रमा गरेको ५० रुपियाँ शुल्क लिन गरिएको छ । जखेरा तालमा माछा पालन पनि गरिएको छ । अहिले जखेरामा तीनवटा ढुङ्गा संचालनमा आएका छन् । जखेरामा जारी महोत्सवलाई मध्यनजर गरेर ढुङ्गाको संख्उा बढाउन सकिने प्रतिस्ठानका उपाध्यक्ष रविध्यज थापाले बताए । ढुङ्गा यात्रा सुरक्षित बनाउन लाइभ ज्याकेटको व्यवस्था गरिएको छ ।