२०७८ असार ८ गते मङ्गलवार

ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु ,अर्का घाइते

दाङ,फागुन २४ । दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अर्का व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा सवार बंगलाचुली गाउँपालिका वडा नं. ३ निवासी ५६ बर्षीय ठाकुरप्रशाद महरा रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि मोटरसाईकल चालक सोही ठाउँ निवासी ३६ बर्षीय कमलाल पौडेल घाइते भएका छन् । पौडेलको अवस्था सामान्ने रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

ट्रिप्परको ठक्कर वाट गम्भीर घाइते महरालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही तर्फ ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए। शुक्रवार साढे ४ बजेतिर घोराही वाट कमिरेचौर तर्फ जाँदै गरेको रा ३ प ३३७५ नम्वरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको रा १ ख ८९० नम्वरको टिप्परले ठक्कर दिएको थियो । घोराही उपमहानगरपालिका वडा नं. ४ सवारीपुरमा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *