२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुर –१० मा बेलुकी ७ बजेसम्म मतदान हुने

पहिले खसेका ९१ मत बदर गर्ने सहमति

तुलसीपुर , मंसिर ४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातु बनगाउँ माविमा पहिले खसेका ९१ मत गर्ने सहमति पछि पुनः मतदान सुरु भएको छ ।
दलहरुका बीचमा भएको सहमति अनुसार पहिले खसेका सबै ९१ मत बदर गरिएका हुन ।

यहाँ पहिले खसेका मत पेटीका सबै फिर्ता लगि नयाँ मत पेटी ल्याइ पुनः मतदान सुरु गरिएको थियो । पहिले मतदान भएका मत पेटीका मुचुल्का बनाइ सबै हटाइएको छ ।

मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानजान नभइ भुलबस गल्ती भएको बताइन । यहाँ कर्मचारीको गल्तीले गर्दा दोस्रो पटकको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै मतदातालाई उपलब्ध गराइएको थियो ।

४२ जनाले मत खसालिसकेपछि प्रतिनिभिसभाका सदस्यकोमा मतदान नभएको तथ्य पत्ता लागेपछि केही घन्टा मतदान स्थगित गरिएको थियो ।

त्यही समय परिपुर्तीका लागि बेलुका सात बजेसम्म डोरी भित्र प्रबेश गरेका मतदातालाई मतदान गर्न दिने निर्णय भएको मतदान अधिकृत घर्तीले जानकारी दिइन ।

दाङ क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर– १० को मावि पातु बनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरु भएको हुँदा यो मतदान केन्द्रमा समय थपिएको हो ।

यो मतदान केन्द्रमा भोट हालेर गएका मतदाताहरूलाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटुन भनेर बेलुका सात बजेसम्म मतदानको समय थपिएको निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *