२०७८ बैशाख ४ गते शनिवार

उतै हरायो १३२ केभि प्रशारण लाइन

खेमराज रिजाल,
दाङ, फागुन २२ । करीव १० दिन अघि पश्चिम दाङका सवै उपभोक्ताहरुलाइ लोडसेडिङमुक्त बनाउने उद्घोष सहित १३२ केभि प्रसारण लाइनको रिचार्ज सुरु भएपनि तार तान्ने विषयमा विवाद हुंदा केन्द्रिय प्रसारण लाइन पश्चिम दाङमै हराएको छ । पश्चिम दाङको हापुरेमा उर्जामन्त्री बर्षमान पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुभारम्भ गरेको केन्द्रिय प्रसारण लाइनको विद्युत तुलसीपुर विद्युत सवस्टेशन सम्म आउन सकेको छैन । जसका कारण विद्युत सेवामा हुंदै आएको लोडसेडिङ र अनियमितता रोकिएको छैन । उपभोक्ताहरुले अझैपनि विद्युत सेवाको सास्ती खेप्दै आएका छन् ।

हापुरेमा जोडिएको १३२ केभिको केन्द्रिय प्रशारण लाइ कम बनाएर उद्योग तथा उपभोक्ताहरुलाइ आवस्यक पर्ने ३३ हजार भोल्टको लाइन तुलसीपुर सम्म ल्याउन समस्या भएको छ । विद्युत प्राधिकरणले पश्चिम दाङको सो लाइनलाइ गतेखोला हुंदै फुलवारी सम्म पु¥याएर पत्रेखोला किनारै किनारा दुघरासमा रहेको सोनापुर सिमेन्ट उद्योगमा रहेको ट्रान्सफर्मरमा पुराउने तयारीमा थियो । त्यहिंबाट सो क्षमताको लाइन घोराही— तुलसीपुर ३३ हजार प्रशारण लाइनमा जोडी उपभोक्ताहरुलाइ विद्युत सेवा प्रवाह गर्ने तयारी थियो । तर दुधरासमा स्थानिय विद्यालय तथा स्थानियबासीले विरोध गरेपछि तार तान्ने काम समेत रोकिएको छ ।

ठेकेदार कम्पनीले पोल गाडेर तार तान्ने क्रममा दुधरास स्कुलको जग्गा र सडक क्षेत्रमा गाडिएका केहि पोलहरु स्थानियबासीले ढालिदिएका छन् । यसले सो विद्युत सेवाको कार्य रोकिएको छ । स्थानियबासी र स्कुलको सहमती विनै ठेकेदारले जवर्जस्त रुपमा स्कुल र व्यक्तिको जग्गामा हाइ भोल्टेजको विद्युत तार तान्न थालेपछि आक्रोशित स्थानियबासीले पोल ढालिदिएका हुन् । पहिलो चरणमा विद्युत कार्यालय तुलसीपुरका प्रमुख र घोराही विद्युत कार्यालयका प्रमुख समेत दुधरास पुगेर स्थानियबासीसंग वार्ता गरेका थिए । तर स्थानियबासीहरुले आफुहरु सम्भावित खतरा मोल्न तयार नरहेको बताएपछि तार तान्ने काम रोकिएको हो ।

‘अन्य विकल्प हुंदा हुंदै विद्युत प्राधिकरणले स्थानिय जनता र विद्यालयको सहमती विनै तार तान्ने प्रयास गरेका कारण तार तान्ने काममा अवरोध भएको हो, अन्य सहज विकल्प खोज्न आग्रह गरेका छौं’—दुधरासका स्थानियबासी डिल्ली वहादुर डांगीले भने, जनताको जिउज्यान खतरामा राखेर हाइभोल्टको विद्युत चाहिएको छैन । त्यसैगरी विद्यालय परीवारले पनि त्यसमा कडा विरोध गरेको छ । ‘सयौं विद्यार्थिहरु आवतजावत गर्ने स्थानमा हाइभोल्टको तार तान्न उपयुक्त हुंदैन, अन्य विकल्प खोज्नुस भनेका छौं’—जनकल्याण माध्यमिक विद्यालय दुधरास विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले गोरक्षलाइ भने । सो तार तान्न थालिएको क्षेत्र विद्यालयको स्वामित्वको क्षेत्र मात्र नभएर निकट भविस्यमा इन्जिनियरीङ कलेज बनाउन थालिएको क्षेत्र र विद्यार्थिहरु आवत जावत गर्ने मुख्य सडक पनि हो । अध्यक्ष विक भन्छन्, धेरै विकल्पहरु छन्, सोनापुरको सवस्टेशन सम्म विद्युत पु¥याउने, आवस्यक परे नेपाल सरकारले हाइभोल्टेजको तार तान्न संबन्धित जग्गा धनिलाइ मुआव्दा समेत दिन आवस्यक छ, तर विद्युत प्राधिकरणले चोरवाटो खोजिरहेको छ । हापुरेमा जोडिएको केन्द्रिय प्रशारण लाइनलाइ कृष्णमन्दीरबाट सोझै तुलसीपुर नलगिएर फुलवारी हुंदै दुधरास सम्म ल्याउन खोज्नु पनि रहस्यमय रहेको दुधरासबासीको भनाइ रहेको छ ।

  • यता दुधरासमा रोकियो, उता कृष्णमन्दीरमै

  • स्कुलको जग्गामा गाडिएका पोलहरु ढालिए

  • फेरी पोल गाडेर तार तान्न विद्यालय र स्थानियको अवरोध

  • गतेखोला सवस्टेशनको विद्युतलाइ किन फुलवारी चक्कर लगाएर दुधरास ल्याइंदै

  • कृष्णमन्दीर—तुलसीपुर पोलबाट तार तान्न ६ महिना लाग्ने

  • बैकल्पिक बाटो खोज्न पनि ढिलाइ

विद्युत प्राधिकरण तुलसीपुरले भने सो विद्युत सोनापुर सिमेन्ट उद्योगलाइ दिन थालेको भन्दै स्थानियबासी आक्रोसीत भएको जनाएको छ । विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दिपकजंघ चौधरी भन्छन्,—‘खासमा ३३ हजार भोल्टको लाइन सिमेन्ट कारखानाकालागी होइन, उसले त अलरेडी सोहि क्षमताको विद्युत खपत गरीरहेको छ, त्यो त आवस्यक परेको समयमा तुलसीपुर र घोराही दुवैका उपभोक्ताहरुलाइ वितरणकालागी थियो ।’ विद्युत प्रमुख चौधरीले यो विषयमा प्रमुख जिल्ला अधिकारीलाइ समेत जानकारी गराइसकेको बताउंदै केहि दिनभित्रै थप सहमती वार्ता हुने दावी गरे । सोनापुर सिमेन्टले भने सो क्षमता वरावरको विद्युतलाइन पहिलदेखिनै खपत गर्दै आएको जनाएको छ । उपभोक्ताहरुलाइ ११ हजार भोल्टको लाइनबाट विद्युत सेवा उपलव्ध गराईदै आएको भएपनि उद्योगले भने सोझै घोराही—तुलसीपुर प्रमुख लाइनबाटै विद्युत सेवा लिइरहेको छ ।

तर कृष्णमन्दीरबाट सोझै तुलसीपुरमा सो क्षमताको लाइन ल्याउने सन्दर्भमा भने निर्माण कम्पनीले कामनै सुरु गरेको छैन । पहिले दुधरासमा तार जोडिसकेपछि मात्रै कृष्णमन्दीर देखि तुलसीपुरसम्म सोहि क्षमता वरावरको विद्युत ल्याउने विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्रमुख चौधरी भन्छन्—‘कृष्ण मन्दीरबाट तुलसीपुर तार तान्न पनि कम्ति समस्या छैन, अन्डरग्राउण्डबाट ल्याउने प्रयास गरीरहेका छौं ।’ सो कामकालागी अझै पनि कम्तिमा ६ महिना लाग्ने विद्युत कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *