राजेश खत्री,
दाङ,फागुन २१ । दाङको बेलझुण्डी रंगशालाको खेलमैदानमा बर्मुडा नामक दुबो रोप्न सुरु गरिएको छ । मंगलवारदेखि खेल मैदानमा दुबो रोप्न सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले खेल मैदानमा दुबो रोपेर त्यसको सुरुवात गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको बेलझुण्डी रंगशालामा आगामी चैत महिनामा हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फूटवल र एथलेटिक्सका खेलहरु हुने छन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तयर गत हाल प्रदेशस्तरीय छनौट प्रतियोगिता भने फागुन १९ गतेदेखि २४ गतेसम्म चल्ने जानकारी दिइएको छ । तुलसीपुरमा टेवलटेनिस प्रतियोगिता, घोराहीको कभर्डहलमा उसु, घोराहीको नवलपुरमा बास्केटवल तथा घोराहीको भरतपुर खेलमैदानमा एथलेटिक्स प्रतियोगिता जारी रहेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक पद्मा चौधरीले जानकारी दिएकी छन् ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै फागुनको पहिलो हप्तासम्म मैदान तयार भइसक्ने जानकारी दिए । चैतको १६ गतेदेखि बेलझुण्डी रंगशालामा महिला फूटवल र एथलेटिक्सका खेलहरु हुने हुँदा तीव्र रुपमा काम भइरहेको उनले बताए । नेपाल सरकार र निर्माण कम्पनीबीच वेलझुण्डीमा सुविधासम्पन्न रंगशाला निर्माणको काम गत असार ७ गतेदेखि सुरु भएको हो ।
प्याराफिट निर्माणदेखि मैदानमा ट्रयाक निर्माण र दुवो
रोप्ने कामले तिब्रता पाइरहेको हुँदा चैतको पहिलो साता सम्म रंगशाला तयार हुने निर्माण कम्पनीका इञ्जिनियर विश्वामित्र सन्ध्यालले जानकारी दिए । त्यसको लागि भारतवाट बर्मुडा नामको दुबोको विउ ल्याएर बुेलझुण्डीमै त्यो उमारिएको छ । झन्डै ३५ देखि ४० लाख जतिको दुबो मैदानमा लाग्ने सक्ने इञ्जिनियर सन्ध्याल अनुमान लगाए ।