२०८१ असोज ३ गते बिहिवार

बैंकको फोहर सडकमा छरप्रष्ट

दाङ, फागुन २१ । नेपाल बैंक शाखा कार्यालय घोराहीले कार्यालयको फोहर सडकमा छरप्रष्ट अवस्थामा फेला परेको छ । सरकारी बैंकले फोहर मुख्य सडक र चोकमा फाल्ने गरेको तथ्य उजागर भएको छ । घोराहीस्थित नेपाली सेनाको ब्यारेक हुदै वसपार्क र शहिद मार्ग जाने सडकमा बैंकको फोहर छरप्रष्ट अवस्थामा फेला परेपछि घोराही नगरले कारवाहीको प्रक्रिया सुरु गरेको जनाएको छ ।

बैंकले भाँचियका कुर्ची,टेवल, प्लाष्टिकका सामाग्री सडकमै फालेको पाइएको छ । स्थानीयहरुले साप्ताहिक रुपमै सडक र टोल–टोलको सरसफाई गरेपनि वैंकले घर अगाडि फोहर फाल्दा समस्या भएको स्थानीय भिमबहादुर बुढाले बताए । सरकारी निकायले फोहरको थुप्रो घर र सडकमा फाल्दा दुगन्र्ध फैलिएको उनले बताए ।

बैंकले सडकमा झण्डै तीन क्विन्टल फोहर फालेको बुढाले अनुमान गरे । बैंकले रातिको समयमा त्यसरी फोहर फाल्ने गरेको स्थानीय शेरबहादुर खड्काले बताए । सारा टोल नै दुगन्र्धित हुने गरी कार्यालयले फोहर पालेको भन्दै स्थानीयले नेपाल बैंकलाई कारवाही गर्न माग गरेका छन् । कार्यालयबाट निस्कने फोहर आफुहरुले कवार्डलाई दिने गरेको हुँदा उनीहरुले नै त्यो फोहर सडकमा फालेको हुन सक्ने बैंकका एक कर्मचारीले बताए ।

यसैबीच नेपाल बैंकका निर्माण सेवा अन्तरगत कार्यरत मिनबहादुर कुमाई र बस चालक प्रताव पुनलाई घोराही नगरले सोधपुछका लागि बोलाएको छ । नगरका दैवी प्रकोप तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं वडा न.ं१४ का अध्यक्ष शक्तिराम डाँगीले उनीहरुलाई सोधपुछ गरेको बताए । अनुसन्धान पछि बैंकलाई कारवाही हुने डाँगीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *