तुलसीपुर, कात्तिक २२ । ‘बल्याक डाइमण्ड’ उपनामले चिनिने डिल्लीबहादुर चौधरी त्यत्तिकै बनेको नाम होइन । जसरी बर्षौं जमिन मुनी दबिएर आँफै भित्र जलेर पृथ्बीको गर्भ भित्र बहुमुल्य धातु तयार हुन्छ बिगतमा डिल्लीबहादुरले समुदायका लागि त्यस्ता धेरै सकारात्मक कामहरु गर्दै त्यो नाम कमाएका हुन ।
सामाज रुपान्तरण, समाज जागरण, पछाडि पारिएको वर्ग र समुदायका लागि उनले बिगतमा खेलेको भूमिका अनुकरणिय छ ।
त्यस्तै उनले पछिल्लो समय राजनीतिमा लागेपछि यस क्षेत्रको विकास निर्माणमा खेलेको भूमिका उत्तिकै उदाहरणिय छ ।
धर्ती पुत्र मानिने तर, पछाडि पारिएको समुदाय थारु होस वा अन्य गरिबी र अशिक्षाको रेखामुनी बाँचीइ रहेका समुदायलाई शिक्षाको पहुँचमा पु¥याउन र शिक्षाको ज्योती फैलाउन उनले महत्वपूर्ण काम गरे । रात्री शिक्षाको माध्यमबाट चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगाएतका जिल्लाका लाखौं त्यस्ता सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि उनी चौधरी (बल्याक डाइमण्ड) यतिखेर दाङ निर्वाचन क्षेत्र नं ३ ( १) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारको रुपमा खडा भएका छन् ।
उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री प्रस्तावित व्यक्ति हुन । चौधरीको अभियान र योगदानले बिगतमा दासताको जीवन बाच्ददै आएका कतिपय थारु समुदायले आज उन्मिुक्तिको स्वाँस फेरि रहेका छन् । त्यस्तो समुदायमा आज शिक्षाको उज्लायो फैलिएको छ । त्यसैले त आज पनि जिल्लाका हरेक त्यस्ता बस्तिहरुमा उनकै योगदानको चर्चा हुने गर्छ ।
प्पछिल्लो समय पूर्णरुपमा राजनीतिमा होमिए पछि पछिल्लो समय विकास र समृद्धिको अभियान गाउँ गाउँसम्म पु¥याउन थालेका छन । लुम्बिनी प्रदेशको ‘अपकमिङ’ मुख्यमन्त्रीको रुपमा हेरिएका चौधरी धेरैका आशा र भरोसाका पात्र हुन ।
सासद र मन्त्री भए पछि जिल्ला र समग्र प्रदेशकै विकासको गतिलाई उनकै पहलमा तीव्रता पाएको हो । चौधरी विकास प्रेमी नेताको रुपमा परिचित रहेका छन । झण्डै डेढ वर्षको मन्त्रीको कार्यकाल र विगतमा सांसद र संघीय राज्यमन्त्री हुदा उनले थुप्रै बिकासका कामहरु गरेका छन् ।
चौधरीको उज्यालो यात्रा
विक्रम सम्बत २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुर्नंस्थापना भयो । प्रजातन्त्र पुर्नंस्थापना पञ्चायती ब्यवस्थाले दमनमा परेको महशुस गरेका नेपालीहरु प्रजातन्त्रको फाइदा उठाउँदै धमाधम गैरसरकारी संघसंस्था दर्ता गर्दै थिए । त्यहि क्रममा यूवा अवस्थामै चौधरी दाङमा एक गैर सरकारी संस्था स्थापना गरे ।
थारु समुदायलाई चार तारे क्लवबाट साक्षर बनाउने अभियान थालेका उनले गैरसरकारी संस्थामार्फत जागरण ल्याउने निधो गरे । शिक्षा नभएकै कारण थारु समुदाय पछाडि परेको निक्र्योल गर्दै उनले २०४७ सालमा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) नामक संस्था जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गराए । संस्था दर्ता उनले अनेकौं बाधा र अवरोध खेप्न परेको पटक्कै भुलेका छैनन् ।
‘वर्षौंदेखि शोषण गर्दै आएका शासकहरुले संस्था दर्ता नगर्न प्रशासनलाई दवाव दिन्थे । हामीले गैरसरकारी संस्था ऐन अन्तरगत संस्था दर्ता गर्न दवाव दियौँ । फलस्वरुप हाम्रो जित भयो,’ उनले भने ‘अनि हाम्रो अभियानले पनि गति लियो ।’
दातृनिकायको सहयोगमा दाङका गाउँ–गाउँमा साक्षरता कक्षा संचालन सुरु भए । उनको साक्षरता अभियानमा थारु गाउँका अगुवा, यूवायूवती, मटावा, भूलमन्साले साथ दिए ।
सुरुमा उनले गाउँका यूवालाई स्वयम्सेवकको रुपमा परिचालन गरे । साक्षरता कक्षामा प्रौढदेखि विद्यालय जानबाट बञ्चित यूवायूवती साक्षरता कक्षामा सहभागी भए । पढ्न, लेख्न जान्नेहरु निराक्षरलाई साक्षर बनाउने अभियानमा सरिक भए । विद्यालय जाँदै गरेका यूवाहरु पालैपालो साक्षरता कक्षामा गएर आफ्ना दौतरी र अभिभावकलाई पढ्न, लेख्न सिकाए ।

साक्षरता कक्षामा सहभागी भएका विद्यालय जाने उमेर समुहका किशोरकिशोरीलाई बेसको सहयोगमा विद्यालय भर्ना भए । विद्यालय भर्नाका लागि बेसले सहजिकरण गर्दथ्यो । विद्यालय जाने थारु समुदायका विद्यार्थीलाई उनले नेतृत्व गरेको बेस संस्थाले किताव, कापी, कलम र विद्यालय पोशाक किन्न सहयोग गर्दथ्यो । बेसको उक्त अभियानले प्रौढहरु साक्षर भए, विद्यालय जाने उमेर समुहका बालबालिका विद्यालय गएर उच्च शिक्षा आर्जन गरे ।
थारु समुदायमा शिक्षाको ज्योती फैलाएर ‘साक्षर थारु, समृद्ध थारु समुदाय’को नारालाई आत्मसाथ डिल्लीबहादुर चौधरीले साक्षरता कक्षाका लागि गाउँ–गाउँमा लालटिन बाँडे । हरेक विद्यार्थीलाई एक–एक वटा लालटिन दिएर पढ्ने प्रेरणा दिए । ‘सदियौंदेखि चेपुवामा परेका थारु समुदायले डिल्लीजीले थालेको साक्षरता अभियानमा साथ दिए । जसका कारण बेसले संचालन गरेको साक्षरता अभियानले दाङका कुनाकाप्चाका थारु साक्षर भए ।
डिल्लीबहादुर चौधरीको भिजन र मिसनले गरिवीको रेखामुनी रहेका थारुहरु शिक्षित र जागरुक समुदायको रुपमा स्थापित भए । गरिवी निवारण कोषका पूर्व कार्यकारी निर्देशक डा.नहकुल केसीले भने, ‘थारुलाई साक्षर बनाएर सरकारी तथा गैरसरकारी संस्थामा जागिरीका लागि प्रतिष्पर्धा गर्न सक्ने योग्य बनाउने काम डिल्ली जीले गर्नु भयो ।’
दाङमा सफल भएपछि थारु समुदायलाई साक्षर बनाउने अभियानलाई उनले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा विस्तार गरे । दासत्व, गरिबी विरुद्ध र पूर्व कमैया, थारु, दलित, आदिवासी र सीमान्तकृत समुदायको अधिकारका लागि उनले सवै किसिमका उपाय अवलम्बन गरे ।
ग्रामीण सीमान्तकृत समुदायलाई उनीहरूको दिगो विकासको लागि विकासात्मक परियोजनाहरू मार्फत उनले पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा सेवाहरू विस्तार गरे । ‘हाम्रा सेवाहरू मुख्यतया शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सुशासन, आय आर्जन, वैकल्पिक ऊर्जा प्रवद्र्धन, द्वन्द्व न्यूनिकरण र व्यवस्थापन, बालश्रम र कम्लहरी प्रणालीको उन्मूलन, गरिबी न्यूनीकरण, जीविकोपार्जन, कृषि, संगठनात्मक विकास तथा समग्र रूपमा सामुदायिक परिचालनमा केन्द्रित थियो,’ उनले भने ।
गतिशील नेतृत्व विकास गर्न, समुदायको मागमा आधारित रहेर काम गर्ने र पहुँच नभएका समुदायको विकासका लागि दृष्टिकोण परिवर्तन गर्न एकीकृत सामुदायिक विकासमा डिल्लीले ध्यान केन्द्रित गर्दैै आएको डा . केसी बताउछन । डिल्लीले चालेको अभियानले नै शिक्षाको ज्योति दुर दराजका गाउँघरमा छरेको र त्यसले त्यस्ता समुदायमा चेतनाको स्तर बढाएको तथा गरिवीको रेखामुनी रहेका थारु समुदायलाई अन्य समुदायसँग प्रतिष्पर्धा गर्न योग्य बनाएको केसी बताउँछन् ।
