२०८० चैत्र १६ गते शुक्रवार

बन्दुक समाउने हातले कुखुरा स्याहार्दै

शिवु खनाल,
देउखुरी, फागुन २० । कुनै बेला बन्दुक बोकेर युद्धमा होमिएका जनमुक्ती सेनाको उद्यम लोभ लाग्दो छ । दाङ राप्ती गाउँपालिका वडा नम्बर २ नयाँबस्तीका राजकुमार तामाङको उद्यमले युवालाई स्वदेशमै काम गर्ने राम्रो उत्पेरणा पनि दिन्छ । २०६७ सालमा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको शशस्त्र युद्धको समयमा पुर्णकालिन कार्यकर्ता हुँदै जनमुक्ती सेनाको सदस्य बनेका तामाङले कुखुरा पालन, बाख्रापलन लगायतको क्षेत्रबाट राम्रो आम्दानी गरेका छन ।

शान्ती प्रकृया शुरु भएसंगै जनमुक्ती सेनाबाट स्वच्छिक अवकाश रोज्नु भएका तामाङले २०७० साल देखि ब्रोइलर कुखुराको व्यवसायिक पालन गर्न शुरु गरेका हुन् । हाल १५ सयको संख्यामा कुखुरा पाल्नु भएका उनले दुइसयको संख्याबाट कुखुरा पालन गरेको बताए । स्वच्छिक अवकाश रोजेपछि नेपाल सरकारबाट पाँच लाख रुपैयाँ पाएका उनले उक्त पैसाबाट घर बनाए । घर वनाएसंगै उनले स्थानीय लघुबित्त संस्थाबाट ऋण लिएर कुखुरा पालन शुरु गरेको बताए ।

उनलाई उनकी श्रीमती लोकमायाँ चौधरी तामाङले सघाउछिन । श्रीमतीले सघाएकी छन, मैलेपनि उत्तिकै मेहनत गरेको छु, म काम र कमाइबाट पुर्ण सन्तुष्ट छु, तामाङले भने । कुखुरा बिक्रीबाट मात्रै मासिक ३० देखि ४० हजार आम्दानी गर्ने उनले बाख्रा विक्रीबाट पनि बार्षिक दुइ लाख आम्दानी गर्दै आएको बताए । तामाङले अहिले २० वटा बाख्रा पालेका छन । यो संगै उनले नजिकै १० कट्ठा जग्गा भाडामा लिएर तरकारी खेति पनि गर्दै आएका छन ।

बार्षिक तरकारी र अनाज बिक्रीगरी दुइ लाख ५० हजारको आम्दानी गर्ने बताउने उनले मेहनती यूवालाई पैसा कमाउन विदेश जानु नपर्ने बताए । मेहनत नै गर्न परे विदेश किन जानुप¥यो,स्वेदशमै सानो लगानीबाट पनि राम्रो काम गर्न सकिन्छ तामाङकी श्रीमती लोकमायाँले भनिन ।

पछिल्लो समय राजनिति प्रतिको सकृयता त्याग्नु भएका तामाङले व्यवसायमै व्यस्त भएको बताए । राजनितिक परिवर्तनमा पनि हाम्रो परिवारको राम्रो भूमिका रह्यो, अब आर्थिक रुपमा पनि सम्पन्न हुने अबसर खोज्दैछौ, लोकमायाँले भनिन । पैसाकै लागि बिदेशिने युवालाई स्वदेशमै इलम गर्दा राम्रो हुने सल्लाह उनको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *