२०७७ कार्तिक १४ गते शुक्रवार

रातको समयमा टल्कने थ्रमा प्लाष्टिक जेब्राक्रस


दाङ, २० फागुन ।
सडक दुर्घटना न्यूनीकरणका लागि तुलसीपुरको बजार क्षेत्रमा थ्रमा प्लाष्टिक जेब्राक्रस बनाउन शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का मुख्य चोकका सडकहरु रातको समयमा टल्कने जेब्राक्रस अर्थात् सीसा मिसाईएको थ्रमा प्लाष्टिक जेब्राक्रस बनाउन शुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर दिपक गौतमले जानकारी दिए ।

राप्ती लोकमार्गका सडकहरुमा यसप्रकारको प्रविधियुक्त जेब्राक्रस बनाउने योजना अनुरुप तुलसीपुरको बजार क्षेत्रमा बनाउन लागिएको इन्जिनियर गौतमले बताए । अब सडक यात्रु र सवारी साधन चलाउने दुबैलाई सहयोग पुग्ने उनको विश्वास छ । यस प्रविधिको कुल ८७ स्क्वार मीटर क्षेत्रफलमा थ्रमा प्लाष्टिक जेब्राक्रस बनाईने छ ।

जुन प्रति जेब्राक्रस १५ सेन्टिमीटर चौडाई र ३ मीटर लम्बाईका हुनेछन् । ईनामेलको भन्दा बढी खर्चिलो थ्रम प्लाष्टिक हुने सडक डिभिजन कार्यालयले जनाएको छ । ईनामेल पेन्टका लागि प्रति बाल्टिन ४÷५ सय रुपैयाँ लाग्ने हुन्छ भने यसप्रकारको पेन्ट प्रति केजी ८÷९ सय रुपैयाँसम्म पर्ने उनले जानकारी दिए ।

जुन प्रति लेनमा ३÷४ केजीसम्म लाग्ने इन्जिनियर गौतमले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य सुरेशकुमार श्रेष्ठका अनुसार वीरेन्द्र चोकको चारवटा सडक, विपी चोकका चारवटा सडक, जेसीज चोकका चारवटा सडक र बाहिनी चोकका चारवटा सडकमा उक्त प्रविधिको जेब्राक्रस गराउन शुरु गरिएको हो । यसबाट अब रातको समयमा सडक दुर्घटनामा न्यूनीकरण हुने वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अपेक्षा छ ।

रातको समयमा जेब्राक्रसमा सवारी साधनको लाईटले टल्कने छ र सवारी चालकले गति नियन्त्रण गर्ने भएकाले सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ । यसअघि ईनामेलले पेन्ट गरिएका जेब्राक्रसहरु बनाइएका थिए । ती जेब्राक्रसहरु चाँडै मेटिने र रातको समयमा पनि त्यति राम्रोसँग नदेखिने भएकाले सडक दुर्घटना न्यूनीकरणका लागि सहयोगी हुन सकेको थिएन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *