२०८१ माघ २६ गते शनिवार

शिवालयहरुमा प्रहरी निरिक्षकको कमाण्डमा सुरक्षाकर्मी खटिने

दाङ,फागुन १९ । जिल्लाका विभिन्न शिवालयमा शान्ति सुरक्षाको लागि प्रहरी खटिने भएको छ । सोमवार शिवरात्री पर्वको अवसरमा मेला लाग्ने तुलसीपुरको सितलपुर, घोराहीको धारणापानी, पश्चिम दाङ र धानखोलामा शान्ति सुरक्षाको लागि प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी खटाउने तयारी गरिएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जिल्लाका विभिन्न शिवालयहरुमा झन्डै १०० बढी प्रहरी सुरक्षाको लागि खटाउने तयारी गरिएको जानकारी दिए । ‘मेला र पर्वमा कसैले पनि कसैलाई अवरोध सृजना गर्न नपावस, ढुक्कले सबैले पर्व मनाउन पाउन भन्नको लागि प्रहरी खटाउन लागिएको हो,’ एसपी पाण्डेले फरककोणलाई फोनमा भने ।

सुरक्षाको लागि मन्दिर परिसर तथा आसपासका क्षेत्रमा मदिरा जन्य पदार्थ विक्रि वितरण र सेवनमा समेत प्रतिवन्ध लगाइएको एसपी पाण्डले जानकारी दिए । त्यस्तै उनले मन्दिर नजिकै सवारी साधन समेत लैजान नदिने व्यवस्था मिलाउन मन्दिर व्यवस्थापन समितिले गरेको आग्रह अनुसार नजिकमा साधन नलैजान नदिने जानकारी दिए ।

‘व्यवहारिक र मानविय नाताले अशक्त तथा जेष्ट नागरिकको हकमा फरक होला तर, अरुलाई त्यो अनुमति दिइने छैन,’ एसपी पाण्डेले भने ‘ अर्कौ व्यक्तिलाई असर नपर्ने गरि सबैले ढुक्क भएर मेला पर्व मनाउन पाउने व्यवस्था प्रहरीले मिलाएको छ ।’ साथै उनले मेला पर्वलाई मर्यादित बनाउन सबै भक्तजन आफु अनुसासित र मर्यादित वन्नपनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *