२०८१ भाद्र २६ गते बुधवार

टिकाउ र बिकाउ शिक्षा आबश्यक – मेयर पाण्डे

 

आशिष केसी,
दाङ,फागुन १९ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आजको आवश्यक्ता व्यवहारिक शिक्षा भएको हुँदा स्वरोजगार मुलक शिक्षामा जोड दिएका छन् ।

‘अब घोकन्ते शिक्षा भन्दा टिकाउ र बिकाउ शिक्षा आबश्यक छ,’ पाण्डेले भने ‘अब किताबी ज्ञान मात्रैले हुँदैन बजारलाई आबश्यक पर्ने ब्यबहारिक शिक्षा आबश्यक छ।’ उनले पाठ्यक्रमपनि समयको माग अनुसार परिमार्जन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नगरका शिक्षा शाखा संयोजक देवराज बिश्वकर्माले तुलसीपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने तयारी गरिएको दाबी गरे ।
तुलसीपुर ७ श्रीगंैमा रहेको मेरिगोल्ड इंगलिस बोर्डिङ स्कूलको २२औं बार्षिकोत्सव तथा अभिभावक भेलामा पुगेका उनीहरुले त्यस्तो धारणा व्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि रिजालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिद्यालयको प्रगती बिवरण प्रिन्सिपल बासुदेव रिजालले प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *