२०७७ कार्तिक १४ गते शुक्रवार

दुर्घटनामा ट्रयाक्टरका सहचालकको मृत्यु

दाङ,फागुन १९ । गुडिरहेको ट्रयाक्टरबाट लड्दा सहचालकको मृत्यु भएको छ । तुलसीपुर उपमहागनरपालिका वडा नं. ८ अस्वारा निबासी २६ बर्षीय जितबहादुर चौधरी लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शनिवार बेलुका ८ बजेतिर रा १ त २६३३ नम्बरको ट्रयाक्टरको ट्रालीमा सवार चौधरी बराखुट्टी भन्ने स्थानमा लडेका थिए । तुलसीपुर बाट फूलवारी तर्फ जाँदै गरेको उक्त ट्याक्टरको टायरले किच्न पुगी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *