शिवु खनाल,
देउखुरी, फागुन १९ । लमही नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी अध्यक्षतामा बसेको नगरसभा बैठकले आठ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी अध्यक्षतामा आईतवार बसेको नगरसभा बैठकले लमही नगरपालीकाको चालु आर्थिक वर्षको समिक्षात्मक सम्वोधनलाई सर्वसम्मत रुपमा पारित गर्ने, नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्वन्धी निर्देशिका, २०७५ परिमार्जन सहित स्विकृत गर्ने निर्णय गरेको लमही नगरपालिका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।
यस्तै नगरसभाले जलचर एवं जलिय जैविक विविधता सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ परिमार्जन सहित स्विकृत गर्ने, न्यायिक समितिमा मुद्दा दर्ता र प्रतिउत्तर पत्रका लागि प्रति मुद्दा तथा प्रतिउत्तररु रु पचास÷पचास लिने र मेलमिलापको लागि प्रति मेलमिलाप दस्तुर एक सय लिन स्विकृती प्रदान गर्ने, लमही बजार टोल विकास संस्थाको प.सं ०७५÷०७६ च.न. १३ मिति ०७५÷११÷१९ को पत्रबाट अनुरोध भई आए अनुसार कान्छीरोड स्थित पूर्वतर्फको गेट देखि उत्तर तर्फको दुईवटा सुकेका कुकाठको रुखहरु नालैमा पर्ने भएकोले नाला बनाउन कठीनाई भएको हुँदा उक्त टोल विकास संस्थालाई ती दुवैरुख काटी हटाउन र कटानबाट प्राप्त आम्दानी टोलको विकास व्यवस्थापन गर्ने कार्यमा आम्दानी बाँधी खर्च गर्न स्विकृति प्रदान गर्ने, निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिए।
यस्तै लमही नगरपालीका, न्यायिक समिति, मेलमिलापकर्ताको लागि प्राप्त तिस जना आवेदकहरुलाई सुचिकृत गर्ने, लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेबाट चालु आर्थिक वर्ष ०७५÷०७६ को लागि प्रस्तुत संशोधीत वजेट तथा कार्यक्रम सर्वसम्मतरुपमा स्विकृत गर्ने र लमही नगरपालिकाको कर्मचारी साधना चौधरी, बाहाल मन्त्री र हेलिकप्टर दुर्घटनामा पर्नु भएका सात जना र प्रदेशसभा सदस्य उत्तरकुमार वली लगाएतको शोक प्रस्ताव पास गरिएको छ ।