२०८१ बैशाख १३ गते बिहिवार

हरेक नागरिक स्मार्ट भएमात्रै स्मार्ट सिटी सम्भब – मेयर पाण्डे

शरद रेग्मी,
तुलसिपुर फाल्नु १७। तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटीका हरेक नागरिकहरु पनि स्मार्ट हुनुपर्ने बताएका छन् ।

शुक्रबार बिमा समितिले तुलसिपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा मेयर पाण्डेले नगर भित्रका हरेक नागरिकलाई हरेक क्षेत्रमा स्मार्ट बनाउन सके मात्रै स्मार्ट सिटीको औचित्य सावित हुने तर्क प्रस्तुत गरे । ‘स्मार्ट सिटी हुनका लागि नागरिक स्मार्ट हुनु पर्छ,’ मेयर पाण्डेले भने ‘शिक्षा स्मार्ट,नागरिकको स्वास्थ पनि स्मार्ट बल्ल स्मार्ट सिटीको कुरा आउँछ।’

स्थानीयतह संग बिमा समिति बिषयक अन्तरक्रिया कार्यक्रममा मेयर पाण्डेले नियमित बचत गर्ने बानी सबै नागरिकले गर्नुपर्ने धारणा राखे । आफ्नो परिवार अनि सम्पत्तिको अनिवार्य रुपमा बिमा गर्न तथा हरेक नागरिकलाई बंैक खाता अनिवार्य बनाउन आग्रह गरे । कार्यक्रममा बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईं,नेपाल इन्स्योरेन्सका अध्यक्ष अर्जुन शर्मा पौडेल लगाएतले जीवनमा विमाको महत्व वारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *