२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर नगरविकास समितिका पूर्व अध्यक्षको निधन

दाङ,फागुन १७ । तुलसीपुर नगरविकास समितिका पूर्व अध्यक्ष कृष्णगोपाल गुप्ताको निधन भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका गुप्ताको ५५ बर्षको उमेरमा शुक्रवार विहान ४ बजेतिर काठमान्डौंमा निधन भएको हो । उनी झन्डै डेढ महिनादेखि विरामी थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी गुप्ता पूर्व नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य हुन ।

यसैबीच गुप्ताको शुत्रवार दिउँसो तुलसीपुरको कालाखोलामा अन्तेष्टि गरिएको छ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, पूर्व एमाले दाङका अध्यक्ष टिकाराम खड्का, तुलसीपुरका मेयर घनश्याम पाण्डेले गुप्ताको पार्थिव शरिरमा पार्टीको झन्डा ओडाएर सम्मान व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *