२०८१ भाद्र २५ गते मङ्गलवार

विदाको समयको सदुपयोग, विरामी खोज्दै जनप्रतिनिधि

शिवु खनाल,
गढवा, १७ फागुन। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारी यती बेला खाली समयको सदुपयोग गर्न गाउँ गाउँमा विरामी खोज्दै हिडेका छन । पछिल्लो समय भण्डारी खाली समयमा गढवा गाउँपालिका क्षेत्रभित्र रहेको सम्पूर्ण वडाहरुमा गइ विरामीहरुको अवस्था र उनिहरुको उपचारको बारे बुझ्न व्यस्त भएका छन । विहिवार गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले गढवा गाउँपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय गजराज सुबेदीलाई नगद पाँच हजार उपचारको लागि सहयोग प्रदान गरे ।

भण्डारीले गाउँपालिकाबाट पाउने सेवा सुविधाबाट केही रकम छ्ट्याइ गजराज सुबेदीलाई हस्तान्त्रण गरेका हुन् । हामीले सबै वडाहरु बाट संकलित करहरुबाट सेवा सुविधा लिइ रहेका छौँ, जनताको पैसा जनतामै जानु पर्छ, वडाध्यक्ष भण्डारीले भने हामी लाई जनताले चुनेर पठाएका हुन्, हामी जनताको सेवामुखी बन्नुपर्छ, ।

गढवा गाउँपालिका वडा नम्बर ७ निवासी ४४ वर्षीय गजराज सुबेदी दुबै गएको एघार महिनामा काम गर्दा सिडिबाट लढेर टाउकोमा निकै गहिरो चोट लागेको छ । काम गर्दा टाउकोमा चोट लागेपछि दुबैमा काम गर्ने कम्पनीले सुबेदीलाई अहिले घर फर्काएको छ । सुबेदीको उपचारमा समस्या परेको खबर पाएको थिए, विहिवार सार्वजनिक विहा पनि थियो । उपचारमा समस्या परेको हुनाले विदाको समयमा सुबेदीको घरमै पुगेर भण्डारीले नगद पाँच हजार सहयोग प्रदान गरेका हुन् ।

त्यती मात्रै होईन, गाउँमा वडाबाट बाटो निर्माणको लागि परेको बजेटले नपुग्दा आफ्नै सेवासुविधा बाट सहयोग गरि गाउँमा बाटो निर्माणमा सहयोग गरेका छन वडाध्यक्ष भण्डारीले । सक्रिय र जनतामुखी, कुनैपनि बेला उपस्थिति हुने, कुनै पनि वडाध्यक्षहरुले नगरेको काम गर्ने पहिलो जनप्रतिनिधि चिनारी समेत छ भण्डारीको ।

यस्तै गढवा गाउँपालिका वडा नम्बर ७ स्वयमसेविका विष्णुदेवि कुवरले पनि सुबेलीको लागि गाउँ गाउँमा चन्दा उठाएर सहयोग गरे। विदेश जादा पनि ऋण खोजेर दुबै पुगेको थिए, त्यो ऋण त्यतीकै बाँकी छ, घरमा आउदा उपचारले ऋणी बनायो, अन्य उपचार कसरी गर्ने हो, सहयोगको अपेक्षमा छु, अहिले सम्म २ लाख खर्च भयो, गजराज सुबेदीले भने । गढवा गाउँपालिका होटल व्यवसायिक संघका अध्यक्ष दयाराम थापा, समाजसेवि गोपालप्रसाद पाण्डेको संयुक्त सहभागितामा रकम हस्तान्त्रण गएिको थियो

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Yuvraj Dahal says:

    Very good job Parkash Bhandari Ji

Leave a Reply

Your email address will not be published. Required fields are marked *