२०८१ साउन ५ गते शनिवार

मनोनयनका लागि दाङ क्षेत्र नं. ३ मा कुन दलका उम्मेदवार कति बजे पुग्दैछन् ?

तुलसीपुर, असोज २३ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि आइतबार उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।


दाङको तुलसीपुरमा निर्वाचन प्रयोजनका लागि असोज २० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । सोही कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।


क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलाराम न्यौंपानेले नेकपा एमालेका उम्मेदवारलाई दिउँसो १ बजे, नेपाली काँग्रेसका उम्मेदवारलाई दिउँसो २ बजे र नेकपा माओबादी केन्द्रका उम्मेदवारलाई दिउँसो ३ बजे मनोनयन दर्ता गर्नका लागि बोलाएको जानकारी दिए ।

त्यस्तै मंगलो पार्टीलाई बिहान ११ बजे र अन्य केही स्वतन्त्र उम्मेदवारलाई समय मिलाएर आउन आग्रह गरिएको उनले बताए ।
बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले आइतबार दलबलसहित मनोनयन दर्ता गर्न जाने तयारी गरेका छन् ।

मुख्य गरि गठबन्धन भित्रका दलका उम्मेदवार र नेकपा एमालेले दर्जनौं बस मार्फत जिल्लाका दुर दराजबाट समेत मास देखाउन मानिसहरु ओसार्न थालेका छन् । बिभिन्न बाजा गाजासहित शक्ति पर्दशन गरेर मनोनयन दर्ता गर्ने तयारीमा दलहरु जुटेका छन् ।


तुलसीपुर क्षेत्र अर्थात पश्चिम दाङमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गरी र नेकपा एकमालेकी केन्द्रीय सदस्य कामेल वलीका बीचमा प्रतिनिधि सभा सदस्यका लागि प्रतिपर्धा हुन भएको छ । यो निर्वाचन क्षेत्र अन्तरगत ३ ९(१) मा नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण, सहरी तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी र नेकपा एमालेका नेता तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेका बीचमा प्रतिपष्र्धा हुन थालेको छ ।


त्यस्तै निर्वाचन क्षेत्र ३ (२) मा गठबन्धन दलबाट नेकपा माओबादी केन्द्रका पूर्व डिभिजन कमाण्डर धनबहादुर मास्के (राजेश) मास्के र नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतका बीचमा प्रतिपर्धा हुन थालेको छ ।


काँग्रेस नेता गिरीले शुभ साइत पारी आँफु दूई बजेपछि निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने जानकारी दिए ।


निर्वाचन आयोगले दाङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवाले ३१ लाख, ३ (१) का उम्मेदवारलाई १७ लाख र ३ ९(२) का उम्मेदवारलाई १९ लाखसम्म निर्वाचनमा खर्च गर्न पाउने सीमा तोकिदिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *