२०८१ असोज ४ गते शुक्रवार

भोलिमात्र शव काठमाडौं पठाइने, सातमध्ये चार शव सुकेटार विमानस्थलमा 

ताप्लेजुङ, फागुन १५। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ। बाक्लो हिमपातपछि तीन जनाको शव निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।

‘डेढ फिटभन्दा बाक्लो हिमपात भयो’, भण्डारीले भने, ‘शव निकाल्न सकिएन। अब भोलि मात्र प्रयास गर्छौं।’

उनले सुकेटर ल्याइएका शव ताप्लेजुङ जिल्ला अस्पतालमा राखिने बताए। बिहिबार सात वटै शव एकसाथ काठमाडौं पठाइने भण्डारीले जानकारी दिए।

दुर्घटनास्थल भीरमा रहेकाले शव निकाल्न अप्ठ्यारो भएको भण्डारीले बताए।

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको थियो।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनेष्टीको उक्त हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी तथा यती एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर फुङलिङ नगरपालिका वडा नं १० स्थित सिरान दाह्रेभीरमा दुर्घटनामा परेको हो। मन्त्री अधिकारी र शेर्पासहितको टोली तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेको थियो। साभार सेतोपाटि

यो पनि पढ्नुहोस 

हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी सहित सबैकाे निधन

 

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *