२०८१ चैत्र ९ गते शनिवार

हत्या अभियोगमा दाङ र जाजरकोटाका युवा पक्राउ

रुकुम (पूर्व), फागुन १५ । कुटपिट बाट एकजनाको हत्या गरेको अभियोगमा प्रहरीले दाङ र जाजरकोटाका दुईजना युवालाई पक्राउ गरेको छ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिट गरि बाँके जिल्लाको नेपालगञ्ज निवासी ४६ वर्षीय टक्क रावतको कुटपिट गरि हत्या गरेको अभियोगमा दुईजनालाई पक्राउ गएिको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन् ।

शहीदमार्गको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत उनीहरुका बीचमा मादक पदार्थ सेवन पछि आपसमा झगडा गर्दा रावतलाई दुईजना मिलेर लठ्ठीले हिर्काइ अचेत तुल्याएका थिए । यो घटना यही आइतबार साँझ ९ बजे भएको थियो । गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मंगलवार बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *