२०८१ बैशाख ११ गते मङ्गलवार

छोराको उपचारका लागि सहयोगको अपिल


शिवु खनाल
देउखुरी, १३ फागुन ।
एक वर्ष बित्यो । विद्यालयको बिदा भई घर फर्किने क्रममा पूर्व–पश्चिम राजमार्ग दाङको लमहीको बीच बजारमा वितरीत दिशातर्फ आएको पुस १३ गते भारतीय नम्बरको गाडीले ठक्कर दियो ।

दुर्घटना एकदमै गम्भीर थियो । नजिकको फ्लोरेन्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवलदेखि काठमाडौँ पु¥याइयो तर, केही दिनमै उपचारमा समस्या देखियो । देब्रे खुट्टामा गहिरो चोट, हात भाँचिएको र शरीरमा भित्री चोट पनि शिक्षक दिपक खनालको । एक वर्ष बित्यो तर खनालको उपचारपछि पनि केही परिवर्तन भएको देखिएन ।

अहिले भारतको दिल्लीमा उपचाररतमा छन् शिक्षक खनाल । देब्रे खुट्टामा गहिरो चोट लागेको छ । ‘उपचारमा २२ लाख खर्च भयो, अरु कति हुने हो ?’ खनालका बुवा दिनमणि खनालले भने ‘सम्पत्ति छैन, वरपर छरछिमेकीसँग ऋण मागेर छोराको उपचार गरेको छु, न छोरा ठिक हुन्छ, न उपचार गर्ने पैसा ?, न कसैको साथ र सहयोग ? छोरालाई हेर्दै गहभरी आँसु आउँछ, बुढेसकालको सहारा भनेर अंगालो मार्छु ।

सवारी दुर्घटनामा परि देब्रै खुट्टामा उपचारको लागि खनालका साथी लमही नगरपालिका वडा नम्बर ५ निवासी हाल डेनमार्ग बस्दै आएका विशाल खड्काले नगद रु ८० हजार १४ रुपैयाँ सहयोग प्रदान गरेका छन् । ५ नम्बर प्रदेश नेपाल राष्ट्रिय अभिभावक संघ, संस्थागत विद्यालयका संयोजक भूमाण्डव केसी र देउखुरी पब्लिक स्कुलका शिक्षक किशन भट्टराईको विशेष पहलमा मैले सहयोग गरेको हुँ, विशाल खड्काले भने ।

रकम लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी ५ नम्बर प्रदेश नेपाल राष्ट्रिय अभिभावक संघ, संस्थागत विद्यालयका संयोजक भूमाण्डव केसी र देउखुरी पब्लिक स्कुलका शिक्षक किशन भट्टाराईको संयुक्त सहभागीमा भूमाण्डव केसीले खनाललाई हस्तान्त्रण गरे ।
उपचारले ऋणी बनायो, अन्य उपचार कसरी गर्ने हो ? सहयोगको अपेक्षामा छु, अहिलेसम्म २२ लाख खर्च भयो । अरु कति हुने हो थाहा छैन, बुवा दिनमणि खनालले भने ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *