२०८० चैत्र १६ गते शुक्रवार

पर्यटन प्रवर्द्धनका लागि जखेरा तालमा व्यापारिक महोत्सव

उमेश बञ्जाडे,
लमही, फागुन १२।
दाङको देउखुरी उपत्यकामा अवस्थित पर्यटकीय क्षेत्र जखेरा तालमा विशेष साँस्कृतिक प्रस्तुति सहितको ब्यापारीक मेला संचालन हुने भएको छ। स्थानीय स्तरका कृषि सामाग्री तथा राष्ट्रिय एवं स्थानीय कलाकारको व्यापक प्रस्तुति रहने मेला बाट संकलित रकम तालका भौतिक पुर्वाधार निर्माणमा उपयोग गरिने ताल संरक्षण समितिले जनाएको छ ।

महाशिवरात्री पर्वको सन्दर्भमा हरेको वर्ष आयोजना गरिने मेलालाई यस वर्ष अझ व्यवस्थित रुपले संचालन गर्न थालिएको जखेरा ताल संरक्षण समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए।

फागुन १७ गते उदघाट हुने मेलामा पचास वटा ब्यापरिक स्टल रहने मेला संचालन समितिका व्यवस्थापक बिष्णु भुसालले बताए ।

फागुन २० गतेसम्म संचालन हुने मेला उद्घाटनको दिन प्रवेश निशुल्क रहेपनी अन्य दिनमा शुल्क लाग्ने ताल व्यवस्थापन समितिका सचिव लोकमणी बञ्जाडेले जानकारी दिए। जखेरा ताल मध्यपश्चिम नेपालकै उदगम पर्यटकिय स्थलको रुपमा परिचित छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *