तुलसीपुर,भदौ २७ । माओवादी केन्द्रले दाङ क्षेत्र नं।३ बाट कुवेर वली र धनबहादुर मास्के‘राजेश’को नाम सिफारिश गरेको छ ।
पार्टीको क्षेत्र नं.३ कमिटिको बैठकले पार्टीका निर्वाचन विभाग प्रमुख वली र पोलिटब्यूरो सदस्य मास्केलाई सिफारिश गरेको नेता शेसुराम भण्डारीले बताए ।
वली दाङका कम्युनिष्ट आन्दोलनका संस्थापक नेता हुन्, भने मास्के जनयुद्धका डिभिजन कमान्डर हुन् ।
शान्ति प्रक्रिया पछि गुमनाम रहेका मास्के पछिल्लो समय राजनीतिमा सक्रिय बनेका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार