२०७७ कार्तिक ३ गते सोमवार

दुर्घटनाका घाइते देवकोटाको उपचारका क्रममा मृत्यु

दाङ,फागुन १२ ।

मोटरसाईकल दुर्घटनाका एकजना घाइतेको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जस्पुर निवासी ४२ बर्षीय सन्तोष देवकोटाको आइतबार बिहान १ बजेतिर लखनऊमा उपचारका क्रममा मृत्यु भएको स्थानीयबासी तथा वाइसियल दाङका सचिव माधव बुढाथोकीले जानकारी दिए ।

देवकोटा गत शुक्रवार बेलुका पौने ८ बजेतिर तुलसीपुर उपमहागरपालिका–१२ टरिगाउँ एयरपोर्टको मोडमा रा २ प ७४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा घाइते भएको थिए । मोटरसाईकल चालक श्रीधर बस्नेतको अवस्था भने सामान्ने रहेको छ ।

स्थानीयबासी बुढाथोकीले दिएको जानकारी अनुसार मोटरसाईकल दुर्घटनापछि दुबैजना सामान्ने अवस्था हो भनेर घरतर्फ लागेका थिए । दुबैजनालाई देखिने चोटपटक केही थिएन । तर घर नजिकै पुगे लगत्तै देवकोटाले वान्ता गरेपछि उनलाई तुरुन्त राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पु¥याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर रेफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको लखनऊ रेफर गरिएकोमा देवकोटाका आइतबार बिहान मृत्यु भएको बुढाथोकीले जानकारी दिए । मोटरसाईलक चालक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *