२०८१ बैशाख ८ गते शनिवार

दुर्घटनामा दुईको मृत्यु

दमौली, फागुन ११ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *