२०८२ असार ७ गते आइतवार

थुनुवा छुटाइदिने भन्दै ५० हजार लिएको आरोपमा पक्राउ

दाङ,भदौ १२ । जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमा रहेकालाई छुटाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ८ निवासी २० वर्षीय प्रतिक बस्नेत छन् ।

उनी स्वय‌म् ८ हजार धरौटीमा छुटेका व्यक्ति हुन । बस्नेतले थुनुवा कक्षमा हुँदा भित्रै अन्य तीन जनासँग चिनजान गरेर परिवारका सदस्यको नम्बर लिई उनीहरुलाई छुटाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए ।

तर थुनुवाहरु नछुटेपछि परिवारले प्रहरीलाई उक्त कुराको जानकारी गराएका हुन् । अनुसन्धान गर्दै जाँदा धरौटीमा छुटेका बस्नेतले नै रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

उनले बस्नेतलाई शनिबार प्युठानबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *