२०७७ मङ्सिर १७ गते बुधवार

१२ घन्टा वितिसक्दा पनि ठक्कर दिने गाडि फेला परेन

दाङ,फागुन ९ । दाङमा एकजना व्यक्तिको सवारी साधानको ठक्कर बाट मृत्यु भएपनि प्रहरीले भने १२ घन्टा वितिसक्दा पनि ठक्कर दिने सवारी साधन भने पत्ता लगाउन सकेको छैन ।

शान्तिनगर गाउँपालिका वडा नं. ६ डाँडातिलवारी निवासी ५६ बर्षीय रुपलाल चौधरीको गाडीको ठक्कर बाट मृत्यु भएको थियो । सिमठाना कोरवान सडक खण्डमा रातको साढे १० बजेतिर घाइते अवस्थामा फेला परेका चौधरीलाई राति नै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जानकारी दिएको छ ।

सवारी साधन बाट चौधरीको मृत्यु भएको १२ घन्टा बढी समय विति सक्दापनि प्रहरीले भने ठक्कर दिने गाडिलाई हालसम्म पनि पत्ता लगाउन सकेको छैन । विहिवार दिउँसो १ बजेसम्म ठक्कर दिने गाडिको खोजी भइरहेको भएपनि पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *