२०८१ फाल्गुन २ गते शुक्रवार

निजी भन्दा के कम सामुदायिक विद्यालय

राजेश खत्री,
दाङ,फागुन ९ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को गुरु जजुर नमुना माध्यामिक विद्यालयको बस । दाङको घोराहीस्थित पदमोदय नमुना माविले विगत ६ बर्षदेखि बससेवा दिदै आएको छ भने घोराहीकै रझेना माविले पनि विगत दुई वर्षदेखि बस संचालन गर्दै आएको छ ।

यी सबै विद्यालयहरुले निकट भविस्यमै अरु बसहरु पनि थप्ने जानकारी दिएका छन् । पदमोदय माविमा हाल ५ हजार ६ सय विद्यार्थी अध्यनरत छन् भने यो पटक एसइइ परिक्षा दिने मात्रै ४ सय बढी विद्यार्थी छन् । त्यस्तै रक्षाचौरमा १ हजार ६ सय २२ विद्यार्थी अध्यनरत छन् भने घोराहीको रझेना माविमा भन्डै १ हजार ५ सय ८० जति विद्यार्थी अध्यनरत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी विषय पढाउन थालेका छन् भने निजी विद्यालयले जस्तै गरि बालबालिकाको लागि बस सेवापनि दिन थालेपछि उनीहरु प्रतिको आकर्षण बढ्दो छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
  1. Dhan b d gc says:

    Ek dam sharaneya kanti new boss

Leave a Reply

Your email address will not be published. Required fields are marked *