२०८१ फाल्गुन २ गते शुक्रवार

१३ जनालाई उज्यालो प्रदान

तुलसीपुर, ७ फागुन । राजपुर गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा १३ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएकोछ ।

नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले ‘मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ अन्र्तगत उनीहरुलाई निःशुल्क शल्यक्रिया गरिएकोहो । त्यसैगरी लमहीमा मंगलवार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई निःशुल्क चश्मा र औषधी वितरण समेत गरीएकोछ ।

नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता एव गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष केसीले गाउँपालिकालाई मोतियाविन्दु रहित गराउन नेपाल नेत्रज्योति संघ अन्र्तगत लमही आँखा अस्पताल संग सहकार्यगरी जनतालाई उज्यालो प्रदान गर्ने कार्यक्रम सुरु गरेको बताए । उनले सो गाउँपालिकामा ३१४ जना मोतिविन्दुका विरामीहरु रहेको भन्दै सवैलाई उज्यालो प्रदान गर्ने बताए ।

त्यस्तै संघका उपसभापति खड्काले स्थानीय निकायहरु संग सहकार्यगरी संघअन्र्तगत सञ्चालन भएका अस्पतालहरुले सेवा प्रदान गरेको बताए । त्यसैगरी कार्यक्रमबारे जानकारी गराउदै अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले विभिन्न स्थानमा आँखा चेकजाँच गरी गाउँपालिकाको सहयोगमा मोतिविन्दुका विरामीहरुलाई अस्पताल सम्म ल्यायर शल्यक्रिया गराउने काम भईरहेको बताए ।

सो अवसरमा यही फागुन १५, १६ र १७ गते पहिलो पटक भौवा, खग्रा र सुनपत्रि नाकामा आँखा उपचार शिविर आयोजना गरीएको बताएको थियो । कार्यक्रममा नेत्रविशेषज्ञ, डा. निता सुनाम, नेत्रज्योति संघका आजिवन सदस्य रेशमराज कंगालीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *