२०८१ माघ ३० गते बुधवार

नागरिकले अनभूति गर्ने प्रजातन्त्र आवश्यक

दाङ, फागुन ७ । राणा शासन अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा मंगलवार प्रजातन्त्र दिवस मनाइएको छ । नेपालमा पहिलो पटक २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलन पछि तत्कालिन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भएर मुलुकमा प्रजातन्त्र घोषणा गरेको थियो ।

६९आंै प्रजातन्त्र दिवसको अवसरमा मुल समारोह समिति दाङले प्रजातन्त्रको महत्वको बारेमा छलफल गरेको थियो । मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका कार्यबहायक प्रमुख सिता न्यौपानेले नागरिकले प्रजातन्त्रको अनभूति गर्ने गरेर काम गर्नु सवैको दायित्व भएको वताइन ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले प्रजातन्त्रको संस्थागत विकास आवश्यक भएको वताए । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाको स्वागत गरेको कार्यक्रममा नेकपाका नेता सुरामणि बेल्वासे, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त र दाङ उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेलले प्रजातन्त्रको महत्वबारेमा विचार राखेका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका नासु डा. गोविन्द आचार्यले गरेका हुन । त्यस अवसरमा निर्वाचन दिवस समेत मनाइएको थियो । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा गत बर्ष देखि यो दिवस मनाउन सुरु गरेको हो । निर्वाचन लोकतन्त्रको मेरुदण्ड मानिन्छ । गतबर्षदेखि निर्वाचन आयोगले निर्वाचन दिवस मनाउने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *