२०८१ भाद्र २५ गते मङ्गलवार

‘बर्दी लगाउँदैमा प्रहरी कोही बन्दैन’ – एसपी पाण्डे

दाङ,फागुन ७ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बर्दी लगाउँदैमा कोही पनि व्यक्ति प्रहरी नहुने बताएका छन् । सोमावर फूलवारीस्थित इलाका प्रहरी कार्यालय मझघटुवा र अस्थायी प्रहरी पोष्ट दमारगाउँमा निर्देशन दिदै मन बचन र कर्मले प्रहरी हुन नसक्ने हो भने बर्दी लगाउनुको कुनै अर्थ नहुने बताएका हुन ।

उनले मातहतका प्रहरी यूनिटलाई एउटा व्यवसायिक प्रहरी बन्न आग्रह गरेका हुन । त्यसका लागि नियमित व्यायाम, कानुनको अध्यन र आत्मअनुशासनमा बस्न एसपी पाण्डेले आग्रह गरे । अन्यथा आफुले जागिरवाट निस्कासन गर्न सक्ने उनले चेतावनी दिएका छन् । ‘तपाँईमध्य कसैलाई प्रहरी आचरण भन्दा फरक गतिविधि गर्न र काम गर्न मन छ भने राजिनामा दिन सक्नु हुन्छ,’एसपी पाण्डेले भने ‘अन्यथा जनताको ज्यूधनको रक्षागर्ने गरि एउटा इमान्दार प्रहरी नवने म जागिर खोस्न सक्छु।’

प्रहरीलाई नियमित साँझ विहान शारिरीक अभ्यास गर्न, नयाँ कानुनमा भएका कुराहरु अध्यन गर्न एसपी पाण्डेले आग्रह गरे । अस्थायी प्रहरी पोष्ट दमारगाउँमा आफै डिउटी तालिका, भएका काम कारवाहीहरुको विवरण चेक गरेका एसपी पाण्डेले कतिपय आसपासका व्यक्तिहलाई आँफै प्रत्यक्ष फोन गरेर प्रहरी सेवाको बारेमा जानकारी लिएका थिए । त्यस्तै उनले काम गर्दा कुनै समस्या भए भन्न आग्रह गर्दै कुनैपनि कुराको समस्या भएमा तत्कालै आफुलाई खवर गर्न आग्रहपनि गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *