शिवु खनाल,
देउखुरी, फागुन ६ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले आवश्यकताको आधारमा योजना बनाउन सबैलाई आग्रह गरेका छन् । सोमवार आधारशिलता गोष्ठी समापन कार्यक्रमलाई सम्वोधन गर्दै उनले निष्पक्ष रुपमा आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्ने जोड दिए ।
लमही वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीले परियोजना अनुगमन तथा समन्वय समितिका लागि आधारशिलता गोष्ठी महत्वपूर्ण रहेको बताए । नगर प्रवक्ता समेत रहेका केसीले निष्पक्ष ढंगले योजना निर्माण नगर्दा सम्म विकास नहुने बताएका हुन । त्यस्तै राजपुर गाउँपालिकाको कार्यपालिका सदस्य निमकुमारी झाँक्रीले गोष्ठीमा सहभागी हुँदा योजनाबारे धेरै कुराहरु बुझेको बताइन ।
हेफर इन्टरनेशनल नेपालको सहयोग, ग्रामिण महिला उत्थाान केन्द्र घोराहीको आयोजनामा भएको कामर्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम रोकाय र श्याम सुन्दर चौधरी लगाएतले मनतब्य व्यक्त गरेका थिए । तीनदिने गोष्ठीको सहजकर्ता राजकुमार पाण्डे रहेका थिए ।