जनक नेपाली,
दाङ, फागुन ६ । पाण्डेवश्वर मन्दिर धारापानीमा लगाउने भनिएको श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल ज्ञान–महायज्ञका बारेमा राजनीतिक दलहरुसंग छलफल भएको छ ।
यहाँ मन्दिरको पूर्वाधार विकास तथ पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने उदेश्यका साथ महायज्ञ संचालन गर्न लागिएको छ । त्यसै सवालमा सोमवार पाण्डेबश्वर धाम महायज्ञ मुल समितिले घोराहीमा राजनीतिक दलहरुसंग छलफल गरेको हो ।
छलफलका सहभागीहरुले धारापानीको महायज्ञ सम्म पुग्नका लागि यातायात र सुरक्षाको राम्रो प्रवन्ध गर्न सुझाएका छन् । त्यस्तै खानेपानी, शौचालय जस्ता कुराहरुको यथेष्ट व्यवस्था गरेमा भक्तजनको संख्या बढ्ने बताए ।
छलफल कार्यmममा ५ नं. प्रदेश सभा सदस्य रेवतीरमण शर्माले धारपानीको विकासमा सबैले हातोमालो गर्नुपर्ने बताए । महायज्ञको उदेश्यका बारेमा आम सर्वसाधारणलाई बुझाउन आबश्यता रहेको भन्दै त्यसका लागि संचार माध्यम संग अधिक समन्वय गर्न उनले सुझाए ।
छलफल कार्यक्रममा नेकपा दाङका अध्यक्ष टिकाराम खड्का,नेपाली काँग्रेसका सचिव शंकरप्रसाद डाँगी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आर्चाय लगाएले आफ्नो दलको तर्फवाट सहयोगको प्रतिवद्धता जाहेर गरेका थिए । मुल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीको अध्यक्षतामा छलफल भएको हो ।
घोराही –धारपानी नियमित बस संचालन हुने
घोराही –धारपानी सडक खण्डमा नियमित बस संचालन हुने भएको छ ।धारापानीमा हुन लागेको महायज्ञमा भक्तजनलाई सहज रुपमा यातायात व्यवस्थापन गर्ने उदेश्यका साथ बस चालन गर्न थालेको यातायात तथा प्रचार–प्रसार समिति संयोजक धनपती शर्माले बताए । वस संचालनका लागि राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समिति संग छलफल भएको उनले जानकारी दिए । माघ ११ देखि २२ गते सम्म सचालन हुने भनिएको महायज्ञमा झन्डै ५ लाख भक्तजन भित्र्याउने उदेश्य राखिएको आयोजकले जनाएको छ । मन्दिर सम्म पुग्नका लागि अटो रिक्सा समेत संचालनमा ल्याउने उनले बताए ।