सितलपुर, फागुन ५ । तुलसीपुर १२ शितलपुर दाङमा जारी रहेको शिव महापुराणको सातौं दिनसम्म ३६ लाख भन्दा बढी दान संकलन भएको । पञ्चमुखे शिव मन्दिर र अखेलेश्वर महादेवको मन्दिर निर्माणार्थ सञ्चालन गरिएको शिवपुराणमा आइतवार मात्रै नगद ३ लाख ४१ हजार १ सय ८६ रुपैंया नगद दान सकल भएको पुरान मुल आयोजक समितिका कोषाध्यक्ष हरिहर पौडेलले जानकारी दिए ।
तुलसीपुर ११ उरहरीका भुपबहादुर रावत, डिल्लिबहादुर रावत, भरत रावत, मानबहादर रावतको परिवारले ५१ हजार एक सय एक रुपंैया, तुलसीपुर १२ का धनिराम भण्डारी, रामबहादुर भण्डारी, देवबहादुर भण्डारी, तिलक भण्डारीको परिवारले ४२ हजार पाँच सय पाँच रुपैंया, दंगिशरण २ बंगलापुर हाल तुलसिपुर १३ बखरीयाका रणविर कुसारी, मोती कुसारी छोरा देविराम कुसारी र टिकाबहादुर कुसारीले ३५ हजार ३ सय ३३ रुपैंया दान गरेका हुन । त्यस्तै तुलसिपुर ५ निवासी जनार्दन शर्माले ३१ हजार एक सय ५५ रुपैंया, तुलसीपुर ११ का ईश्वरी पुनले २३ हजार नगद दान गरेका थिए ।
सितलपुर शिव महापुराण मुल आयोजक समितिका संयोजक शक्तिकुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहमनगरपालिका उपमेयर माया आचार्यको प्रमुख आथित्यमा आइतवार कार्यक्रम भएको थियो । महापुराणमा ग्रहजप, विवाह, व्रतबन्ध, लक्ष्यवर्तिका, सत्यनारायणको कथा, तुलादान आदी धर्मिक अनुष्ठान गरिने व्यवस्था मिलाएको समितिले जानकारी दिएको छ । महापुरणमा मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सहवाचकमा दुर्गाप्रशाद भुषाल रहेका छन् ।